काठमाडौं : विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको ७१ औँ संस्करण आज बिहीवारबाट सुरु भएको छ। अमेरिकाको न्यु ओर्लिन्समा सुरु भएको कार्यक्रममा विश्वभरिका सुन्दरीहरुले नेशनल कस्ट्युम प्रस्तुत गरेका छन्।
‘मिस युनिभर्स नेपाल’ सोफिया भुजेलले पनि नेपाललाई प्रतिनिधित्व गर्दैँ नेशनल कस्ट्युम प्रस्तुत गरेकी छिन्। जहाँ सोफियालाई देवीको अवतारमा देख्न सकिन्छ। साथै, उनको हातमा त्रिशुल पनि हुन्छ।
प्रेरणा शाहको कन्सेप्टमा तयार पारिएको नेशनल कस्ट्युममा सोफियाको प्रस्तुति निकै बोल्ड थियो। नारीलाई सृष्टिकर्ताको मुहान, शक्ति र प्रेरणाको स्रोतको रुपमा लिनुपर्ने यस पहिरनको सन्देश थियो।
साथै, सहभागी प्रतिस्पर्धीले आफ्नो देशको चिनारीका साथै महिलाको अवस्थाबारे समेत बताएका थिए। जनवरी १४ मा विश्वका ८० भन्दा बढी देशका प्रतिस्पर्धीहरुले ‘मिस युनिभर्स’को ताजका लागि प्रतिस्पर्धा गर्नेछन्।