PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

टिकटकबाट अनलाइन जुवा: लाखैको कारोबार भएको खुलेपछि  थाल्यो प्रहरीले धमाधम समात्न



पहिलोपोस्ट

टिकटकबाट अनलाइन जुवा: लाखैको कारोबार भएको खुलेपछि  थाल्यो प्रहरीले धमाधम समात्न

काठमाडौंः टिकटकमा अनलाइन जुवा खेलाउनेहरूलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिका घर भएका २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुर सुर्यविनायक नगरपालिकाका २७ वर्षीय कपिल गिरी, २१ वर्षीय प्रेम कठायत, कैलाली गौरीगंगा नगरपालिका घर भएका २० वर्षीय डिल्लीराज अवस्था रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरूले विभिन्न डिजिटल वालेट मार्फत रकम जम्मा गरेर टिकटक लाइभमा रकमको बाजी राख्ने गरेको खुल्न आएको छ।

पक्राउ परेका व्यक्तिहरूमध्ये ऋषि प्रकाश योगीले पब्जी र पब्जी टु नामको टिकटक आइडी खोलेर दुई वटा ई सेवा  वालेटमा विभिन्न व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई एक महिना १० दिनको अवधिमा  २८ लाख ७३ हजार ३ सय ५४ बराबरको रकमको कारोबार गरेको प्रहरीको दावी छ।

कपिल गिरीले टिकटक आइडी खोली तीन वटा इसेवावालेटमा विभिन्न व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई जम्मा १० दिनको अवधिमा १० लाख ५२ हजार ९ सय ६२ बराबरको रकम कारोबार गरेको खुलेको छ।

उनीहरू विरुद्ध मलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम कारबाहीको लागि प्रक्रिया अगाडी बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell