PahiloPost

Oct 18, 2024 | २ कात्तिक २०८१

सन्दीप लामिछानेको मुद्दाको सुनुवाई सकियोः के आउला आदेश?



पहिलोपोस्ट

सन्दीप लामिछानेको मुद्दाको सुनुवाई सकियोः के आउला आदेश?

काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदन माथिको सुनुवाइ सकिएको छ। न्यायधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा आज दिनभर वकिलहरुले बहस गरेका छन्। सुनुवाइ सकिएपछि आज नै आदेश आउने सम्भावना देखिएको छ। थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने एउटा आदेश आउने छ।

गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौंले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो। गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका हुन्।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell