
काठमाडौं : घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई तीन वर्ष तीन महिना कैदको फैसला सुनाएको छ। बिहीवार विशेष अदालतले पाठकलाई सार्वजनिक पद आचरण विपरित कार्य गरेको भन्दै ३९ लाख जरीवानासमेत तोकेको छ।
यसैगरी घुस खुवाउने कार्य गरेको कसुरमा नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका तत्कालीन अध्यक्षका लम्बोदर न्यौपानेलाई पनि विशेष अदालतले तीन वर्ष कैद र ३९ लाख जारीवाना तोकेको छ। अख्तियारका तत्कालीन आयुक्त पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको काण्डमा पक्राउ परेका न्यौपाने सेटिङमा धरौटीमा छुटेका थिए। छुटेको केही समयपछि फरार भएका उनलाई पुन पक्राउ गरिएको थियो।