PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सन्दीपलाई अदालतको शर्तसहितको धरौटी, विदेश जान रोक



पहिलोपोस्ट

सन्दीपलाई अदालतको शर्तसहितको धरौटी, विदेश जान रोक

काठमाडौंः उच्च अदालत पाटनले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा धरौटीमा रिहाको आदेश गरेको छ। जिल्ला अदालतको थुनछेक आदेश बदर गर्दै उच्चले धरौटीमा रिहा गर्न आदेश गरेको हो। काठमाडौं जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले शर्तसहितको धरौटी आदेश गरेको हो। सन्दीपसँग २० लाख रुपैयाँ धरौटी मागेको अदालतले विदेश यात्रामा रोक लगाएको अदालतका रजिष्टार ठगिन्द्र कट्टेलले बताए। 

धरौटीको प्रक्रिया भने सन्दीपले शुक्रबार मात्र पूरा गर्ने उनका कानुन व्यवसायीले बताएका छन्। 

कार्तिक १८ गते काठमाडौं जिल्लाले सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो। 

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका हुन्।

१७ वर्षीया किशोरीलाई करणी गरेको जाहेरीका आधारमा सन्दीप पक्राउ परेका थिए। भदौ ५ गते लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको जाहेरीमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell