PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

एमालेको सरकार बनाउन आवश्यक मत पुगेको भन्दै मनाङे प्रतिपक्षमा



पहिलोपोस्ट

एमालेको सरकार बनाउन आवश्यक मत पुगेको भन्दै मनाङे प्रतिपक्षमा

पोखराः गण्डकी प्रदेशमा सरकार बनाउन नेकपा (एमाले) का खगराज अधिकारीलाई समर्थन गरेर दिपक मनाङे प्रतिपक्षमा रहने बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले सरकार बनाउन आवश्यक बहुमत पुग्ने भएकाले आफू प्रतिपक्षमा बस्ने बताएका हुन्।

सोमबार प्रदेश प्रमुख समक्ष खगराजले मुख्यमन्त्रीको दाबी पेश गर्दा मनाङेले पनि समर्थन गरेका थिए। एमालेका २२, माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र  पार्टीको २ र स्वतन्त्र सांसद मनाङे गरि ३३ जनाको समर्थन पुर्‍याएका खगराजले सोमबार नै मुख्यमन्त्रीको शपथ लिइसकेका छन्।

अधिकारीले शुक्रबार विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने अघिल्लो दिन मनाङेले यस्तो घोषणा गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell