PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

चेल्सी फुलहमसँग पराजित, फिलिक्सलाई डेब्यू खेलमै रेडकार्ड



पहिलोपोस्ट

चेल्सी फुलहमसँग पराजित, फिलिक्सलाई डेब्यू खेलमै रेडकार्ड
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी फुलहमसँग पराजित भएको छ। क्राभेन कटेज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली फुलहमले चेल्सीलाई २-१ गोलअन्तरले हराएको हो।

खेलको २५ औं मिनेटमा विलियनको गोलमा फुलहमले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको चेल्सीका लागि ४७ औं मिनेटमा कालीदोउ कोउलीबेलीले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

एट्लेटिको मड्रिडबाट बुधवारमात्र लोन डिलमा चेल्सी पुगेका पोर्चुगिच खेलाडी जोआओ फिलिक्स डेब्यू खेलमै ५८ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिए। १० खेलाडीमा सीमित भएको चेल्सीमाथि कार्लोस भिनिसियसले ७३ ‍औं मिनेटमा गोल थप्दा फुलहमले २-१ गोलअन्तरको जित निकाल्न सफल भयो।

१८ खेलबाट २५ अंक जोड्दै पछिल्लो समय कमजोर प्रदर्शन गरिरहेको चेल्सी अंकतालिकाको १० औं स्थानमा छ। ३१ अंक जोडेको फुलहम भने तालिककाको छैटौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell