PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु



रासस

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मकवानपुर : मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरि गाउँपालिका-८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन्।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका-९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell