PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

अमेरिकामा फेरि 'ब्ल्याक लाइभ्स म्याटर' अभियानको चर्चा : 'अर्को जर्ज फ्लोइड' बनाउँछन् भनेका किननको मृत्यु



पहिलोपोस्ट

अमेरिकामा फेरि 'ब्ल्याक लाइभ्स म्याटर' अभियानको चर्चा : 'अर्को जर्ज फ्लोइड' बनाउँछन् भनेका किननको मृत्यु
तस्विर : लस एन्जसल प्रहरी ह्यान्डआउट

ब्ल्याक लाइभ्स म्याटरका सह-संस्थापक पेट्रिस कलर्सका एक आफन्तको प्रहरीले नियन्त्रणमा लिएपछि मृत्यु भएको छ। कलर्सका भतिजा किनन एन्डर्सनलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि 'बिजुलीको झट्का' दिने 'टेजर गन'को प्रयोग गरेका थिए। प्रहरीले भने उनी भाग्ने प्रसार गरेपछि 'इन्काउन्टर'मा किनन मारिएको दाबी गरेको छ।

शिक्षण पेशामा संलग्न रहँदै आएका किननको सान्ता मोनिकास्थित अस्पतालमा मृत्यु भएको हो। लस एन्जलस प्रहरीले जनवरी ३ मा भएको कथित इन्काउन्टरको भिडियो पनि सार्वजनिक गरेको छ।

प्रहरीले पक्राउ गरेपछि उनी सहयोग मागरिरहेको भिडियोमा देखिएका छन्। 'मलाई उनीहरु जर्ज फ्लोइड बनाउने प्रयास गरिरहेका छन्,' भिडियोको एक दृश्यमा उनले बोलिरहेको सुनिने बिबिसिले उल्लेख गरेको छ। सन् २०२० मा जर्ज फ्लोइडलाई प्रहरीले पक्राउ गरेपछि मृत्यु भएको थियो। उनको मृत्यु भएपछि विश्वभर ब्ल्याक लाइभ्स म्याटर अभियान सुरु भएको थियो।

प्रहरीले आधिकारिक रुपमा उनको मृत्युको कारण खुलाएको छैन। तर, प्रहरी प्रमुख माइकल मोरेले किनन एक सडक दुर्घटनाको घटनामा संलग्न भएको र भाग्ने बेलामा एक व्यक्तिको कारमा पस्ने कोसिसमा रहेको स्पष्टीकरण दिएका छन्।

प्रहरीले सुरुमा रोकेपछि किननले उनीहरुले भने झै गरेका थिए। तर, धेरै प्रहरी आउन थालेपछि उनी उठे र भाग्ने प्रत्यनमा थिए। त्यसपछि उनलाई नियन्त्रणमा लिनका लागि प्रहरीले 'टेजर गन'को प्रयोग गरेको थियो। उनीमाथि 'टेजर गन' को प्रयोग गरिएको पाँच मिनेटपछि एम्बुलेन्समा राखेर उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा नै उनको मृत्यु भएको बताइएको छ।

यो घटनापछि प्रहरीको आलोचना भइरहेको छ। जनवरीमामात्रै प्रहरीको गोली लागेर दुईजना अश्वेत समुदायका व्यक्तिको मृत्यु भएको थियो।

लस एन्जलसका मेयर केरिन बासले किननको मृत्यु भएको घटनालाई 'विचलित पार्ने घटना' भनेका छन्। ब्ल्याक लाइभ्स म्याटरका सह-संस्थापक कलर्सले आफ्नो भतिजाले सहयोग मागेको तर उनले नपाएको बताएका छन्। उनले घटनामा संलग्न प्रहरीको राजीनामा माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell