PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

फ्राइडे रिलिज : दुई साउथ फिल्मसँग भिड्दै ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’



पहिलोपोस्ट

फ्राइडे रिलिज : दुई साउथ फिल्मसँग भिड्दै ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’

काठमाडौं : आज नेपाली सिनेमा हलमा दुई नेपाली र दुई विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘तिम्रो मेरो साथ’ ,‘गुञ्जन’ र विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्महरु ‘वारिसु’, ‘वाल्टेयर वीरैया’ रिलिज भएका छन्।

त्रिकोणात्क प्रेमकथामा बनेको फिल्म ‘तिम्रो मेरो साथ’ मा पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका छ। रमेश एमके पौडेल निर्देशक र निर्माता रहेको फिल्मको कथा सबिर श्रेष्ठ र बाबुराम निरौलाले मिलेर लेखेका हुन। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले यस फिल्मलाई १८ शो उपलब्ध गराएको छ। फिल्ममा साम्राज्ञी र पुष्पका साथै सन्दिप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन लगायत कलाकारहरुको अभिनय छ।

सारा सिर्पाइलीको मुख्य भूमिका रहेको फिल्म ‘गुञ्जन’ पनि हलमा लागेको छ। प्रेम कथा माथि बनेको फिल्ममा सारा लगायत प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही लगायतको अभिनय छ। यस फिल्मले पनि मल्टिप्लेक्स चेन क्युएफएक्सबाट २० शो पाएको छ। अष्ट महर्जनको निर्देशन रहेको फिल्मलाई नेपाल र यूएईको दुबईमा छायाङ्कन गरिएको हो। विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो।

चिरञ्जीवीको ‘वाल्टेयर वीरैया’ र थलापति विजयको ‘वारिसु’ पनि रिलिज भएका छन्। भारतमा ११ जनवरीमा रिलिज भएको फिल्म ‘वारिसु’ ले राम्रो व्यापार गरिरहेको छ। वामसी पैडिपल्ली निर्देशित फिल्ममा विजयका साथै रश्मिका मन्डनाको पनि मुख्य भूमिका छ। त्यस्तै, १४० करोड बजेटमा बनेको फिल्म ‘वाल्टेयर वीरैया’ मा एस रविन्द्रको लेखन र निर्देशन रहेको छ। यस फिल्ममा चिरञ्जीवीका साथै रवि तेजा, श्रुति हसन, उर्वशी रौतेला लगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell