PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै



रासस

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै

धनुषा : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। बुधवार मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। मधेश प्रदेशमा १० मन्त्रालय छन्। प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन्। मन्त्रालय भागवण्डाका लागि बैठक बस्न लागेको जनमत पार्टी प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले जानकारी दिए।

मधेश प्रदेशसभामा लोसपाका नौ सांसद छन्। लोसपाले समर्थन गरे मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाउनेछन्। अहिले मुख्यमन्त्रीलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका सात, नेपाल सङ्घीय समाजवादीका एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक, स्वतन्त्र सांसदद्वय अनुरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका छन्।

यहाँ माओवादीका नौ सांसद भए पनि दुई जनाको शपथ रोकिएको छ। लोसपाबाहेक नेपाली कांग्रेस र एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell