PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बाइडेनको निजी घरमा पनि भेटियो गोप्य सरकारी दस्तावेज, रिपब्लिकनले भने : हिपोक्रेट जो



पहिलोपोस्ट

बाइडेनको निजी घरमा पनि भेटियो गोप्य सरकारी दस्तावेज, रिपब्लिकनले भने : हिपोक्रेट जो
Photo : AP

अमेरिकाका राष्ट्रपति जो बाइडेनको निजी घरमा 'गोप्य सरकारी दस्तावेज' भेटिएको छ। ह्वाइट हाउसले पनि डेलवेरस्थित बाइडेनको घरमा दस्तावेज फेला पारेको स्वीकारेको छ।

बाइडेन उपराष्ट्रपति हुँदा 'क्यासिफाइड' लेखिएका दस्तावेजहरु अहिले उनको निजी घरको ग्यारेजमा फेला परेको ह्वाइट हाउसका विशेष काउन्सेल रिचार्ड सउबर्रले बताए। यस्तै, दस्तावेजको एक पाना ग्यारेजसँगैको कोठामा भेटिएको छ। डेलवेरको रेहोबोथ बिचमा रहेको बाइडेनको अर्को घरमा भने कुनै पनि दस्तावेज फेला परेनन्।

दस्तावेज भेटिएपछि कानुन मन्त्रालयलाई तत्काल खबर गरिएको सउबर्रले जानकारी दिए। अमेरिकी मिडियाले यसअघि बाइडेनको पूर्व कार्यालयबाट 'क्लासिफाइड' लेखिएको दस्तावेज फेला परेको समाचार प्रकाशन गरेका थिए। त्यसपछि बाइडेनको घरमा नै गोप्य दस्तावेज फेला परेको छ।

रिपब्लिकन पार्टीले भने यो घटना सार्वजनिक भएपछि अनुसन्धानका लागि समिति बनाएको छ। अमेरिकाको महान्यायधिवक्ता मेरिक्क गार्ल्यान्डले पनि यसबारेमा अनुसन्धानका लागि रोबर हर्रलाई नियुक्त गरेका छन्।

गोप्य दस्तावेज भेटिएपछि बाइडेन प्रशासनको आलोचना भइरहेको छ। ह्वाइट हाउसले भने यो घटना सार्वजनिक भएपछि आफूहरुले सक्ने सबै काम गरिरहेको प्रतिक्रिया दिएको छ।

रिपब्लिकनहरुले भेटिएका गोप्य दस्तावेज राष्ट्रिय सुरक्षासँग सम्बन्धित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। पूर्व राष्ट्रपति डोलान्ड ट्रम्पलाई गोप्य दस्तावेज राम्ररी नसम्हालेको भन्दै आलोचना गर्दै आएका थिए। अहिले रिपब्लिकन पार्टीले तिनै बाइडेनको घरबाटै गोप्य दस्तावेज फेला पर्नुलाई उनको 'हिपोक्रेसी' भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell