PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले लिए शपथ : एमाले, जसपा र जनमतबाट एक-एक मन्त्री



पहिलोपोस्ट

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले लिए शपथ : एमाले, जसपा र जनमतबाट एक-एक मन्त्री

जनकपुरधाम: मधेश प्रदेशको नवनियुक्त मुख्यमन्त्री सरोज यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन। उनले भोजपुरी भाषामा शपथ लिएका हुन।

मुख्यमन्त्री यादवसँगै तीन जना मन्त्रीहरूले समेत शपथ ग्रहण गरेका हुन्। नेकपा एमालेबाट एमालेका संसदीय दलको नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) बाट सञ्जय यादव र जनमत पार्टीबाट वसन्त कुश्वाहाले मन्त्री पदको शपथ लिएका छन्।

तीनै जना मन्त्रीहरूले बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell