PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

जेलभित्र पुगेर वकिलले सन्दीपलाई सम्झाए अदालतका शर्तहरु



पहिलोपोस्ट

जेलभित्र पुगेर वकिलले सन्दीपलाई सम्झाए अदालतका शर्तहरु

काठमाडौं : नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने शुक्रवार धरौटीमा जेलमुक्त हुँदैछन्। बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका उनलाई उच्च अदालत पाटनले बिहीवार धरौटीमा छाड्न निर्देशन दिएसँगै लामिछाने थुनामुक्त हुन लागेका हुन्।

आज लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेले उनलाई भेटेर अदालतको शर्तबारे ब्रिफिङ गरेका थिए।

‘मैले अहिले सन्दीपलाई भेट्नुको कारण चाहीँ अदालतले शर्तहरु राखेको छ, ति शर्तहरुबारे जानकारी गराउनु हो। किनभने धरौटीमा छुटेपनि अदालतका शर्तहरु पालन गर्न पर्ने हुन्छ। त्यसको ब्रिफ जानकारी गराएर फर्किएको हो म,’ घिमिरेले सञ्चारकर्मीहरुसँग भने।

सन्दीप जेलबाट छुटेपछि पनि अदालतमा गएर प्रकृया पूरा गर्नुपर्ने उनले बताए।

के छन् अदालतका शर्तहरु?

विहीवार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले घरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अदालतको आदेश अनुसार सन्दीप केन्द्रीय कारागार सुन्धारामा छन्। रिहा भएपछि सन्दीपले पीडित किशोरीको बारेमा कुनै टिप्पणी गर्न पाउने छैनन्। विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको छ। अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुनेछ।

जिल्ला अदालत काठमाडौंको गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो। तर, उच्चले जिल्ला अदालतको आदेश उल्टाउँदै रिहा गर्न आदेश दिएको हो।

जिल्ला अदालत काठमाडौंले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell