PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मंसिरमा बढ्यो विदेशी मुद्रा सञ्चिति



पहिलोपोस्ट

मंसिरमा बढ्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं : मंसिर महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति बढेको छ। चालु वर्षको मंसिरसम्मको तथ्यांक अनुसार कायम सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवा खरिद गर्न धान्नेछ।

असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच महिनामा ६.३ प्रतिशतले बढेर मंसिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३ प्रतिशतले वृद्धि भएर ९ अर्ब ८२ करोड कायम भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell