PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

रिहाइको अन्तिम घडीमा सन्दीप : सुन्धारा कारागारबाट काठमाडौं जिल्ला अदालत लगियो

रिहाइको अन्तिम घडीमा सन्दीप : सुन्धारा कारागारबाट काठमाडौं जिल्ला अदालत लगियो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने रिहा हुने प्रक्रियामा रहेका छन्।

उनलाई रिहा गर्नको लागि केन्द्रीय कारागार सुन्धाराबाट काठमाडौं जिल्ला अदालतमा लगिएको छ। त्यहाँ मुल मुद्दाको तारिक बुझेपछि उनी रिहा हुनेछन्। जिल्ला अदालतबाट उनलाई पुनः केन्द्रीय कारागार लगिएको छ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई घरौटीमा रिहा गर्न आदेश दिएको थियो। २० लाख रुपैयाँ घरौटी रकम बुझाएपछि मात्र सन्दीप आज छुटेका हुन्। उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन रहेको छ। अदालतको अन्तिम फैसला नआएसम्मको लागि उनी धरौटीमा रिहा भएका हुन्। अदालतको फैसलाले दोषी ठहर गरेको खण्डमा उनी पुनः जेल बस्नु पर्ने हुन्छ।

बलत्कारको अभियोगमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिइएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि उनी पक्राउ परेका थिए। १७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी दर्ता भएपछि प्रहरीले सन्दीपलाई खोजी गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।

लामिछानेलाई धरौतीमा रिहा गर्न अदालतले स्थान हद समेत तोकेको छ। उनलाई विदेश यात्रामा रोक लगाइएको छ भने उपत्यकाबाहिर जान प्रहरीसँग लिखित अनुमति लिनुपर्ने शर्त अदालतको आदेशमा छ। लामिछानेले पीडित युवाती, पीडित परिवारका सदस्य समेतविरुद्ध कुनै पनि टिकाटिप्पणी गर्न पाउने छैनन्। सामाजिक सञ्जालमा समेत यस्तो प्रचारलाई रोक लगाइएको छ।

निषेधात्मक आदेशमा अदालतले पीडित र परिवारका सदस्यसँगको भेटलाई पनि बन्देज लगाइको छ। कुनै पनि माध्यमबाट भेट तथा डर धम्की दिएमा धरौटी आदेश तत्कालै रद्द हुनेछ। अदालतले लामिछानेको मोबाइल निगारानीको अधिकार प्रहरीलाई दिएको छ। मोबाइलको संवादको सुरक्षित अभिलेख राख्नेसम्मको अधिकार प्रहरीले पाएको हो। यस्तो अभिलेख अदालतले माग गरेमा उपलब्ध गराउन समेत आदेशमै उल्लेख छ।



ट्रेन्डिङ पोस्ट

Ncell