PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

भुवन पाठक वाग्मती प्रदेशसभाको सभामुखमा निर्वाचित



पहिलोपोस्ट

भुवन पाठक वाग्मती प्रदेशसभाको सभामुखमा निर्वाचित

हेटौंडा : वाग्मती प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक निर्वाचित भएका छन्।

आज भएको सभामुख पदको निर्वाचनमा पाठक ६२ जना सांसदको मत प्राप्त गर्दै विजयी भएका हुन्। पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ। ११० कुल सांसद मध्य आज १०८ जनाले मतदान गरेका थिए। आजको मतदानमा नेपाली कांग्रेसका एकजना सांसद अनुपस्थित रहेका थिए।

सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसका शिवराज थापाले ३६ मत प्राप्त गरेका थिए भने नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेकी सिर्जना सायजूले ३ मत मात्र प्राप्त गरिन्। एकिकृत समाजवादीका सांसदहरुले भने कसैलाई पनि मत दिएनन्।

निर्वाचित सभामुखको आजै शपथग्रहण गर्ने कार्यक्रम तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell