PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कुञ्जना घिमिरेको निर्देशनमा बन्यो वेब सिरिज ‘मै राम्री’



पहिलोपोस्ट

कुञ्जना घिमिरेको निर्देशनमा बन्यो वेब सिरिज ‘मै राम्री’

काठमाडौं : कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्देशन गरेको वेब सिरिज ‘मै राम्री’ सार्वजनिक भएको छ। सामाजिक विषयवस्तुमाथि बनेको वेब सिरिजको पहिलो भागलाई ‘धुर्मुस सुन्तली’ युट्युब च्यानलमा हेर्न सकिन्छ।

यस सिरिजले विशेषगरि बालबालिकाहरुमा आउने उताढचढावलाई कथालाई मुख्य विषयवस्तु बनाएको छ। गौरी नामकी बालिका जसको मुखमा जन्मजात दाग हुन्छ। त्यही दागका कारण उसले विद्यालय र समाजमा भोग्नुपर्ने समस्या र त्यसले बाल मस्तिष्कमा पार्ने प्रभावको कथा सिरिजले भन्छ।

शुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गिता अधिकारी, दिनेश काफ्ले, सन्तोष बाँनिया, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय रहेको छ। त्यस्तै, बालकलाकार दिभान्शीं बैदवार र अभ्निशा महर्जनको पनि अभिनय रहेको छ ।

राहुल राईले छायांकन गरेको यस वेब सिरिजको कथा सन्देश अर्यालले तयार पारेका हुन्। यस वेब सिरिजलाई प्रत्येक बिहीबार साँझ ६ः४५ बजे ‘धुर्मुस सुन्तली’ युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell