PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत



पहिलोपोस्ट

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।

नेकपा (एमाले) गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका अधिकारी गत सोमवार मुख्यमन्त्री नियुक्त भएका थिए। आज विश्वासको मतका लागि भएको मतदानमा ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री खगराजलाई ३१ जना सांसदले मत दिए।

प्रदेशमा एमालेका २२, माओवादी केन्द्रका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसद छन्। प्रदेश सभामा २७ कांग्रेसका सांसद र एक स्वतन्त्र सांसद गरी २८ जना प्रतिपक्षमा बसेका छन्।

यसअघि सोमवार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेश गर्दा स्वतन्त्र सांसद दीपक मनाङेले खगराजलाई समर्थन गरेका थिए। तर, आज प्रतिपक्षमा बस्ने बताएका मनाङे बैठकमा अनुपस्थित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell