PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

नेपालमा आज किन रिलिज भएनन् यी दुई साउथ फिल्म?



पहिलोपोस्ट

नेपालमा आज किन रिलिज भएनन् यी दुई साउथ फिल्म?

काठमाडौं : आज शुक्रवार सिनेमाहलमा नेपाली फिल्मसहित दुई साउथ फिल्महरु प्रदर्शन हुने तय भएको थियो। तर, साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित ‘तिम्रो मेरो साथ’ र सारा सिर्पाइलीको मुख्य भूमिका रहेको ‘गुञ्जन’ मात्रै आज रिलिज भए।

चिरञ्जीवीको ‘वाल्टेयर वीरैया’ र थलापति विजयको ‘वारिसु’ आज नेपालमा प्रदर्शन हुन सकेन। बिग मुभिजसहित वान सिनेमाजले दुवै साउथ फिल्महरुलाई आजको डेट दिएको थियो। तर, अन्तिम समयमा ती फिल्म प्रदर्शन नभएको हो।

प्राविधिक समस्याका कारण यी फिल्महरुको रिलिज आज रोकिएको बिग मुभिजका संचालक दिपेश शर्मा बताउँछन्।

‘आज प्रदर्शन हुने भनिएको थियो। तर प्राविधिक कारणले दुवै फिल्म रिलिज हुन सकेनन्। ‘वारिसु’ भोलिदेखि रिलिज हुन्छ तर ‘वाल्टेयर वीरैया’ को भने अझै टुंगो लाग्न सकेको छैन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell