PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

वाग्मतीका नवनिर्वाचित सभामुख पाठकले लिए पद तथा गोपनियताको सपथ



पहिलोपोस्ट

वाग्मतीका नवनिर्वाचित सभामुख पाठकले लिए पद तथा गोपनियताको सपथ

हेटौंडा : वाग्मती प्रदेशका नवनिर्वाचित सभामुख भुवन कुमार पाठकले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। शुक्रवार उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ गराएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय महामन्त्री समेत रहेका पाठक ६२ मत ल्याउँदै विजयी भएका थिए। पाठकलाई सत्ता गठबन्धनका नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)को समर्थन रहेको थियो।

सभामुख पाठकले आज नै पदभार ग्रहण गर्नेछन् भने आज दिउँसो उनको अध्यक्षतामा प्रदेश सभाको बैठक संचालन हुनेछ। उक्त बैठकले प्रदेशसभाको उपसभामुखको निर्वाचन मिति तथा प्रक्रिया तोक्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell