काठमाडौं : नेकपा एकीकृत समाजवादीक अध्यक्ष माधवकुमार नेपालले अब नयाँ विचारका साथ अघि बढ्नुपर्ने बताएका छन्। आलोकनगरस्थित पार्टी कार्यालयमा घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै नेपालले पुरानो विचारले पार्टी नबन्ने बताएका हुन्।
'उही विचार रहेसम्म पार्टी बन्दैनन्। यो नयाँ सुरुवात हो। आन्दोलनलाई व्यपक बनाउनु पर्छ।'
नेकपा एमाले टुक्रनु अघि भुसाल नेपाल समूहमा नै थिए। तर, नेपालले एमालेबाट अग्गलिएर नयाँ पार्टी बनाए पनि उनी एमालेमा नै रहेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा टिकट नदिएपछि उनी पार्टी त्याग्तै रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए।
आज भुसालले अर्याल होटलमा कार्यक्रम गरि एकीकृत समाजवादी प्रवेश गरेको स्वघोषणा गरेका थिए। सो घोषणापश्चात आलोकनगर पुगेका भुसालले नेपाल लगायत पार्टीका नेताहरुले स्वागत गरेका थिए।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पुराना कुरालाई समीक्षा गर्दै अघि बढ्नु पर्ने बता। कम्युनिष्टहरुलाई एकताबद्ध गराउने संकल्प आफूहरुको रहेको नेपालले बताए।
'अब पुरानो रबैयाले चल्दैन। पुरानो कुराको समीक्षा गरेर अगाडी बढनु पर्छ। हामीले पार्टीलाई नयाँ ढंगले अगाडि लैजाने, इमान्दार कम्युनिस्टलाई एकताबद्द बनाउने संकल्प गरेका छौं,' नेपालले भने।
उनले पार्टीभित्र रहेका विकारहरुको खोजी गरि सुधार गर्नुपर्नेमा पनि जोड दिएका छन्।