PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

'कतिले त बर्बाद भइस भन्छन्, यो जीवन यस्तै भयो भन्छु म..'



पहिलोपोस्ट

'कतिले त बर्बाद भइस भन्छन्, यो जीवन यस्तै भयो भन्छु म..'

काठमाडौं : आज नेकपा एकीकृत समावादी पार्टीमा प्रवेश गरेका घनश्याम भुसालले राजनीति अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्।

'एकीकृत समाजपाली अप्ठयारोमा छ त्यो भन्दा धेरै अप्ठयारो हाम्रो राजनीतिमा छ,' उनले भने

नेकपा एमाले टुक्रनु अघि भुसाल नेपाल समूहमा नै थिए। तर, नेपालले एमालेबाट अग्गलिएर नयाँ पार्टी बनाए पनि उनी एमालेमा नै रहेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा टिकट नदिएपछि उनी पार्टी त्याग्तै रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। निर्वाचनमा उनी एमाले उम्मेदवारसँग पराजित भएका थिए।

आज पार्टी प्रवेश पछि उनले एमालेबारे पढाउनुपर्ने धारणा राखे।

'एमालेमा लड्ने थोरै पनि विचार सिद्दान्त र टिप्पणीसँग त्यो तहको लिडरसिप जन्मिन सक्छ भन्ने के कारणले हुन्छ त्यो केटाकेटीलाई पढाउनु पर्छ,' उनले भने, ' ९ औं महाधिवेशन पछि त्यसो किन भयो भन्नुपर्छ। समाजवादीको सिद्दान्त निर्माणमा म आफू पनि छु।'

१० बुँदे सहमतिको बेला आफू एमालेमा नै रहेको सम्झँदै उनले त्यो पार्टीमा रहेर सबै खतराका विरुद्धमा लडेको बताए। धेरैले आफूलाई बर्बाद भइस् भनेर भनेको उल्लेख गर्दै भने, 'कसम खाएर भन्छु कसैसँगका सम्बन्ध या त सैद्दान्तिक कारणले बन्छन् वा भत्कन्छन्। मेरा निजी मागका कारणले सम्बन्ध बन्ने र भत्काउने गरेको छैन। कतिले त बरबाद भइस भन्छन्। यो जीवन यस्तै भयो भन्छु म..। '

उनले क्रान्ति गाह्रो कुरा भएको भन्दै त्यसको पनि सीमा रहेको बताए। अब आफ्नो सम्पूर्ण शक्ति पार्टी निर्माणमा लगाउने उनले बताए।

'व्यक्ति भनेको व्यक्ति हो। इतिहास धेरै अप्ठयारोबाट गुज्रियो। राजनीतिमा धेरै अप्ठयारो आउन सक्छ। अझ धेरै मुलुकको राजनीतिलाई हल्लाउन सक्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell