PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत



पहिलोपोस्ट

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। कार्कीले शुक्रबार भएको प्रदेश सभाको बैठकबाट विश्वासको मत पाएका हुन्।

प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीको पक्षमा ५९ मत परेको थियो। उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका सांसदहरुले मत दिएका थिए।

त्यस्तै विश्वासको मतको विपक्षमा ३२ मत परेको थियो। विपक्षमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले मतदान गरेका थिए।

शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मत विभाजन गरिएको सभामुख बाबुराम गौतमले जानकारी दिए।
कार्की संविधानको धारा १६८ को २ बमोजिम यही पुस २४ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। धारा १६८ को २ अनुसार नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell