PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

वाग्मतीमा माघ २ गते उपसभामुखको निर्वाचन, तीनजनाले दिए उम्मेदवारी



पहिलोपोस्ट

वाग्मतीमा माघ २ गते उपसभामुखको निर्वाचन, तीनजनाले दिए उम्मेदवारी

हेटौंडा : वाग्मती प्रदेशमा माघ २ गते उपसभामुखको निर्वाचन हुने भएको छ। नवनियुक्त सभामुख भुवन पाठकले प्रदेशसभा सचिव कृष्णहरि खड्कालाई निर्वाचनको तयारी अगाडि बढाउन निर्देशन दिएका छन्।

उनले प्रदेशसभाको बैठकबाटै सोमबार ३ बजेका लागि बैठकसमेत आह्वान गरेका छन्।

सत्ता गठबन्धन तर्फबाट एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रिता काफ्लेले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

एमालेकी चापागाईंले कुमारी मोक्तान प्रस्तावक तथा आशा लामाको समर्थकमा उम्मेदवारी दर्ता गराएकी हुन्। यस्तै नेमकिपाको काफ्लेलाई सृजना सायजु प्रस्तावक तथा सुरेन्द्रराज गोसाइँको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन्। कांग्रेसकी परियारको प्रस्तावकमा उत्तम जोशी र यान्किला शेर्पाको समर्थक रहेका छन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते सदनबाट विश्वासको मत लिँदैछन्। त्यसअघि नै उपसभामुखको सबै प्रक्रिया टुंगिने गरि प्रदेशसभा सचिवालयले तयारी गरिरहेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell