PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

माघे सङ्क्रान्तिको दिन बन्दीपुरमा पनि गोरु जुधाइने



पहिलोपोस्ट

माघे सङ्क्रान्तिको दिन बन्दीपुरमा पनि गोरु जुधाइने

काठमाडौं : माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने भएको छ। बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गर्न लागिएको हो ।

नारायण–गोपाल युवा क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको अध्यक्ष उज्वल गुरुङले जानकारी दिए। क्लबले प्रत्येक वर्ष माघेसङ्क्रान्तिमा गोरु जुधाई प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रतियोगिताका लागि स्थानीयवासीले नै पालेको गोरु सहभागी गराउनुपर्नेछ। प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद  १५ हजार रुपैयाँ र दोस्रो हुनेले  सात हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

सोही अवसरमा क्लबले आमा समूहका लागि डोरी तान्ने प्रतियोगिता, पुरुषका लागि बाँसको लिङ्गोबाट भाले टिपाइ प्रतियोगिता र खुलातर्फ घैँटो फुटाइ प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell