PahiloPost

May 15, 2025 | २ जेठ २०८२

भानु नगरपालिकाले गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने



पहिलोपोस्ट

भानु नगरपालिकाले गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने
Photo : Istock

काठमाडौं : तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ। गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ।

गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए। यो सेवाबाट गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने, उनीहरूको अवस्थामा समस्या रहेमा नगरपालिकाकै स्वास्थ्य संस्था र जोखिम भए अन्यत्र रिफर गरिने उनले बताए।

यो सेवाअन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र भानु नगरपालिका–१ सालबिस्नेमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको सुरुवात गरिएको छ। वडाध्यक्ष कान्छीमाया तामाङले भिडियो एक्सरे सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको बताए।

उनले गर्भवतीलाई सरल र सहज तरिकाबाट अल्ट्रासाउण्ड सेवा पुर्‍याउनका लागि निःशुल्करुपमा ग्रामीण अल्ट्रासाउण्डको सुरुवात भएको र हरेक महिना सञ्चालन हुने जानकारी दिए। हालसम्म २३ जना गर्भवतीले उक्त सेवा लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell