PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रदेश १ को उपसभामुख निर्वाचन आज, लिलाकुमारी र सिर्जनाको उम्मेदवारी



पहिलोपोस्ट

प्रदेश १ को उपसभामुख निर्वाचन आज, लिलाकुमारी र सिर्जनाको उम्मेदवारी

काठमाडौं : प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ।

प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले)की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

प्रदेशसभाको आज बिहान ११ बजे बस्ने बैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्नेछ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा (माओवादी केन्द्र) को १३, राप्रपाको छ, नेकपा (एकीकृत समाजवादी) को चार र जसपाको एक सदस्य गरि ९३ सदस्य रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell