PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मधेश प्रदेशको सभामुखका लागि आज उम्मेदवारी दर्ता



पहिलोपोस्ट

मधेश प्रदेशको सभामुखका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : मधेश प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ।

प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा आज बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम माघ २ गते सोमबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता र नामावली प्रकाशन तथा सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव रंजितकुमार यादवद्वारा जारी सूचनामा जनाइएको छ।

सत्ता गठबन्धनबिच मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले) र उपसभामुख जनमत पार्टीले पाउने गरि सहमति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell