
इरानका पूर्व रक्षा मन्त्री अलिरेजा अकबरीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। इरान र बेलायतको दोहोरो नागरिका बाहक अकबरीलाई सन् २०१९ मा पक्राउ गरिएको थियो। बेलायतका लागि गुप्तचरीको काम गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको थियो।
बेलायतले भने मृत्युदण्डको सजाय तत्काल खारेज गर्न र अकबरीलाई जेल मुक्त गर्न माग गरेको छ।
केही इरानी मिडियाले भने अकबरीलाई मृत्युदण्डको सजाय दिइसकिएको दाबी गरेको छ। उनलाई फाँसी दिइएको समय भने खुलाइएको छैन।