PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

मधेश प्रदेश : एमालेका रामचन्द्र मण्डलले गराए सभामुखमा उमेदवारी दर्ता



पहिलोपोस्ट

मधेश प्रदेश : एमालेका रामचन्द्र मण्डलले गराए सभामुखमा उमेदवारी दर्ता

जनकपुरधाम : नेकपा एमालेका रामचन्द्र मण्डलले मधेश प्रदेशको सभामुख पदका लागि उमेद्वारी दर्ता गराएका छन्।  सत्ता साझेदार दलबाट उनले सभामुख पदमा उमेद्वारी दर्ता गराएका हुन्।

लोसपाकी रानी शर्मा तिवारीले मण्डलका प्रस्तावक बनेका छन् भने एमालेका सरोज यादव र नेकपा माओवादी केन्द्रका भारतप्रसाद साह समर्थक रहेका छन्।

बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ। यता नेपाली कांग्रेसले पनि उमेद्वारी दिने तयारी गरेका छन्। कांग्रेसबाट सर्लाहीका जंगीलाल रायले उमेद्वारी दिने तयारी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell