PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

मधेश प्रदेश : सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसका जंगिलाल भिड्दै



पहिलोपोस्ट

मधेश प्रदेश : सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसका जंगिलाल भिड्दै

जनकपुरधाम : नेपाली कांग्रेसका  जंगिलाल रायले मधेश प्रदेशको सभामुख पदका लागि उमेदवारी दर्ता गराएका छन्।

कांग्रेसका उम्मेदवार राय सर्लाही २(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। रायको प्रस्तावकमा कुमरकान्त झा र जिवछी देवी यादव समर्थक रहेका छन्।

नेकपा एमालेबाट रामचन्द्र मण्डलले उक्त पदका लागि उमेद्वारी दर्ता गराइसकेका छन्। सत्ता साझेदार दलबाट उनले सभामुख पदमा उमेद्वारी दर्ता गराएका हुन्।

लोसपाकी रानी शर्मा तिवारीले मण्डलका प्रस्तावक बनेका छन् भने एमालेका सरोज यादव र नेकपा माओवादी केन्द्रका भारतप्रसाद साह समर्थक रहेका छन्।

सभामुख पदका लागि माघ २ गते निर्वाचन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell