इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न म्यानचेस्टर डर्बीको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई हराएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले २-१ गोलअन्तरले पुनरागमन जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६० औं मिनेटमा ज्याक ग्रिलिसले केभिन डी ब्रुइनको पासमा गोल गर्दा सिटीले अग्रता बनाएको थियो। तर ७८ औं मिनेटमा युनाइटेडका ब्रुनो फर्कान्डेजले कासेमिरोको पासमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै ८२ औं मिनेटमा मार्कस रासफोर्डले गोल थप्दा युनाइटेडले २-१ गोलको पुनरागमन जित निकाल्न सफल भयो।
जितसँगै पछिल्ला खेलहरुमा लयमा फर्किएको युनाइटेड १८ खेलबाट ३८ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको सिटीको समान खेलबाट ३९ अंक छ।