PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

लिभरपुलमाथि ब्राइटोनको फराकिलो जित



पहिलोपोस्ट

लिभरपुलमाथि ब्राइटोनको फराकिलो जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा ब्राइटोनले लिभरपुलमाथि सहज जित निकालेको छ। फाल्मर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली ब्राइटोनले लिभरपुलमाथि ३-० गोलको फराकिलो जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको पहिलो मिनेटमै ब्राइटोनका सोल्ली मार्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले नै ५३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल थप्दा ब्राइटोनले अग्रता दोब्बर बनायो। त्यस्तै तेस्रो गोल ड्यानी वेलबेकले ८१ औं मिनेटमा गरे।

जितसँग १८ खेलबाट ३० अंक जोडेको ब्राइटोन अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ। त्यस्तै लिगका पछिल्ला दुई खेलमा पराजय ब्यहोरेको लिभरपुल २८ अंक जोड्दै तालिकाको ९ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell