काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश १, मधेश प्रदेशलगायत वाग्मती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेशलगायत वाग्मती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
विभागले देशभर पहाडी तथा हिमाली धेरै भू-भागमा र तराईका केही भू-भागमा बादल लागेर तथा तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु-कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।
राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताइएको छ। महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।
त्यस्तै, आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइन एक दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।