
काठमाडौं : सुनको मूल्यले यो वर्षकै नयाँ रेकर्ड बनाएको छ। माघ महिनाको पहिलो दिन सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ।
आइतवार सुन प्रतितोला एक लाख ५ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रवार तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य आइतवार तोलामा २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। शुक्रवार चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भएर प्रति तोला एक हजार ३ सय ६५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक बढ्दै प्रति औंस १९२०.३८ डलर पुगेको छ। चाँदी प्रति औंस २४.२७ डलरमा कारोबार भइरहेको छ।