PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

यती एयरलाइन्सको विमान सेती खोंचमा दुर्घटना : प्रहरी भन्छ, 'उद्धार शुरु भइसकेको छ'



पहिलोपोस्ट

यती एयरलाइन्सको विमान सेती खोंचमा दुर्घटना : प्रहरी भन्छ, 'उद्धार शुरु भइसकेको छ'

काठमाडौं : यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट पोखरा उडेको जहाज पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको हो। एयरपोर्ट नजिकै विमान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए।

जहाजमा ६८ जना यात्रु छन्। दुर्घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छ। भने आगो निभाउने र उद्धार कार्य जारी रहेको छ।

'अहिले उद्धारको काम भइरहेको छ,' एसपी केसीले भने। विमान काठमाडौंबाट पोखरा उडेको  थियो।

एटीआर–७२कलसाइनको जहाज विहान १०.३३ बजे काठमाडौबाट पोखरा उडान गरेको थियो। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell