PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

घटनास्थल पुगेका कास्कीका सिडिओ केसी भन्छन् : विमानमा दनदनी आगो बलिरहेको थियो



पहिलोपोस्ट

घटनास्थल पुगेका कास्कीका सिडिओ केसी भन्छन् : विमानमा दनदनी आगो बलिरहेको थियो

काठमाडौं : यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सेती खोंचमा विमान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए।

अहिले सबै निकायका प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सिडिओ टेकबहादुर केसीले भने।

'म अहिले घटनास्थलमा नै छु। विमानबाट दन्दन्ती धुँवाको मुस्लो निस्किरहेको छ। हाम्रो टोली उद्धारमा खटिएको छ,' सिडिओ केसीले भने।

विमान बिहान १०.३३ बजे काठमाडौबाट पोखरा उडान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell