PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

दुर्घटना भएको यतीको विमानमा कति थिए यात्रु?



पहिलोपोस्ट

दुर्घटना भएको यतीको विमानमा कति थिए यात्रु?

काठमाडौं : पोखरामा यती एयरलायन्सको विमान दुर्घटना भएको छ।

काठमाडौंबाट बिहान १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको यती एयरलायन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो। एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खों‌चमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell