PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

अमेरिकाकी गेब्रियलले जितिन् मिस युनिभर्सको ताज



पहिलोपोस्ट

अमेरिकाकी गेब्रियलले जितिन् मिस युनिभर्सको ताज

मिस युनिभर्सको ताज अमेरिकाकी आर'बोनी गेब्रियलले जितेकी छिन्। अमेरिकाको न्यु ओर्लिन्समा स्थानीय समयअनुसार शनिवार राति भएको ७१ औँ संस्करणको फिनालेमा गेब्रियलले ताज पहिरेकी हुन्।

विश्वका विभिन्न देशका ८३ जना यसपटक मिस युनिभर्समा प्रतिस्पर्धी थिए। गेब्रियललाई उपाधि जितेसँगै मिस युनिभर्स २०२१ की विजेता भारतकी हरनाज कौर सन्धुले ताज पहिराइदिइन्।

त्यसैगरि, मिस भेनेजुएला फस्ट रनरअप र मिस डोमिनिकन रिपब्लिक सेकेन्ड रनरअप घोषित भइन्। नेपालबाट पनि सोफिया भुजेलले प्रतिनिधित्व गरेकी थिइन्।

गेब्रियलले उपाधि जितेसँगै अमेरिकाले १० वर्षपछि मिस युनिभर्सको ताज हात पारेको छ। सन् २०१२ मा अमेरिकाकी ओलिभिया कल्पोले मिस युनिभर्स जितेकी थिइन्। गेब्रियल मिस युएसए जित्ने पहिलो फिलिपिनो अमेरिकी पनि हुन्।

२८ वर्षीया गेब्रियल मोडेल, फेसन डिजाइनरका साथै टेक्सासकी सिलाई प्रशिक्षक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell