PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कन्ट्रोल रुम पुगेर दुर्घटनाबारे ब्रिफिङ लिए प्रधानमन्त्री र गृहमन्त्रीले



पहिलोपोस्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कन्ट्रोल रुम पुगेर दुर्घटनाबारे ब्रिफिङ लिए प्रधानमन्त्री र गृहमन्त्रीले

काठमाडौं : पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर घटनाबारे ब्रिफिङ लिएका छन्।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सहित विमानस्थलको कन्ट्रोल रुम पुगेर उनले घटनाबारे ब्रिफिङ लिएका हुन्। प्रधानमन्त्री र गृहमन्त्री दुर्घटनाबारे थप बुझ्न आजै पोखरा जाँदैछन्।

काठमाडौंबाट उडेको विमान पोखराको सेती खोंचमा खसेको हो। विमानमा ६८ जना यात्रु सवार थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell