PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

पोखरामा विमान दुर्घटना : ६८ जना यात्रुमा तीन नवजात शिशु र तीन बालबालिका



पहिलोपोस्ट

पोखरामा विमान दुर्घटना : ६८ जना यात्रुमा तीन नवजात शिशु र तीन बालबालिका
Photo : Ashok Thapa

काठमाडौं : पोखरामा यती एयरलायन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको यती एयरलायन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो।

एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए।

यात्रुमध्ये तीन नवजात शिशु र तीन बालबालिका थिए। विमानमा १० जना विदेशी नागरिक पनि सवार थिए।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खों‌चमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको र उद्धारकार्य भइरहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell