PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’



रासस

‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

काठमाडौं : पोखरामा आज बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०:३३ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिइसकेको बताए।

'मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ', उनले भने, 'विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ।'

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell