PahiloPost

Feb 22, 2026 | १० फागुन २०८२

यतीको विमान दुर्घटनाको खबरले गायिका निरा छन्त्याल आमन्त्रित कार्यक्रम स्थगित



लक्ष्मी बलायर

यतीको विमान दुर्घटनाको खबरले गायिका निरा छन्त्याल आमन्त्रित कार्यक्रम स्थगित

काठमाडौं : काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलायन्सको विमान दुर्घटनामा परेको खबरसँगै पोखरा नदीपुरमा आयोजना गरिएको स्मृति कप स्थगित भएको छ।

नेपाल छन्त्याल समाज कास्कीले आज माघ १ गते अन्तर छन्त्याल गाउँपालिका वडास्तरीय पुरुष तथा क्लबस्तरीय महिला भलिबल प्रतियोगता राखेको थियो। चौथो सङ्ग बहादुर तथब्जा स्मृति कप नामक प्रतियोगितामा निराले सांगीतिक प्रस्तुति गर्ने कार्यतालिका थियो।

निराले आफ्नो सामाजिक सञ्जालमा दिउँसो १२ बजे उक्त स्थानमा पुग्ने जानकारीसमेत दिएकी थिइन्। गायिका नआइपुगेको र विमान दुर्घटनाको खबर सुनेर कार्यक्रम रद्द गरिएको आयोजक संस्थाका सचिव नवीन छन्त्यालले जानकारी दिए। 'आज उहाँलाई सम्मान गर्ने र उहाँको सांगीतिक प्रस्तुतिको कार्यक्रम थियो। दुर्घटनाको खबर आएपछि उहाँको फोन पनि लागिरहेको छैन,' नवीनले भने, 'कार्यक्रम स्थलमा पनि आइपुग्नुभएको छैन।'

निरा यतीको जहाजमा आउँदै गरेको खबर आफूहरुले पाएको तर कार्यक्रममा नआइपुगेपछि आफूहरु विमानस्थलतर्फ जाँदै गरेको क्लबका अध्यक्ष मोहन छन्त्यालले बताए। 'यती एयरको दुर्घटनाग्रस्त जहाजमा गायिका निरा रहनुभएको खबर सुनेर अहिले हामी कार्यक्रम स्थगित गरेर घटनास्थलतर्फ जाँदैछौ,' अध्यक्ष मोहनले भने। गायिका छन्त्यालको परिवार अहिले पोखरा विमानस्थलतर्फ लागेको मोहनले बताए। निराको अवस्था कस्तो छ भन्नेबारेमा प्रहरीले अहिलेसम्म कुनै औपचारिक जानकारी दिएको छैन। आज बिहान काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699a661648fec5.92138522): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699a661648fec5.92138522,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699a6616493795.37294439): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699a6616493795.37294439,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293