PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१५ वर्षअघि एटीआरले उत्पादन गरेको थियो दुर्घटना भएको यतीको जहाज



वसन्तराज उप्रेती

१५ वर्षअघि एटीआरले उत्पादन गरेको थियो दुर्घटना भएको यतीको जहाज

काठमाडौं : पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाज १५ वर्षअघि उत्पादन भएको पाइएको छ। यो एटीआर कम्पनीले उत्पादन गरेको सिरियल नम्बर-७५४ को जहाज हो।

७२-२१२ ए प्रकारको यो जहाजको पहिलो उडान सन् २००७ अगस्ट १ तारिखमा भएको थियो। एटीआरबाट भारतको किङ्फिसर एयरलाइन्सले यो विमान किनेर भीटी- केएजे 'रेजिस्ट्रेशन' नाममा पहिलोपटक प्रयोग गरेको थियो।

यो जहाज सन् २०१३ मा नोक एयरले किङ्फिसरबाट किनेको थियो। पछि यतीले यो जहाज सन् २०१९ मार्च २६ तारिखमा नोकबाट किनेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राविधिक कारणले जहाज दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन्।

‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ’, उनले रासससँग भनेका छन्, ‘विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ।’

आइतबार काठमाडौं-पोखरा उडान गर्ने क्रममा ६८ जना यात्रु र चारजना चालक दल सवार जहाज दुर्घटना भएको हो। जहाज दुर्घटना भएलगत्तै काठमाडौंबाट प्राविधिक टोली पोखरा हिडिसकेको प्राधिकरणले जनाएको छ। ९ एन-एएनसी कलसाइनको जहाज बिहान १०.३३ बजे काठमाडौबाट पोखरा उडान गरेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell