PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

दुर्घटना भएको विमानमा १५ जना विदेशी, कुन कुन देशका नागरिक थिए ?



पहिलोपोस्ट

दुर्घटना भएको विमानमा १५ जना विदेशी, कुन कुन देशका नागरिक थिए ?
तस्विर : रासस

काठमाडौं : पोखरामा दुर्घटनाग्रस्त भएको विमानमा १५ जना विदेशी यात्रु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। चालक दलसहित ७२ जना सवार विमानमा ५३ जना नेपाली नागरिक सवार थिए।

प्राधिकरणका अनुसार विमानमा ५ जना भारतीय नागरिकसहित १५ जना विदेशी यात्रु थिए। विमानमा चारजना रसियाली, दुई जना कोरियाली, एकजना फ्रान्सेली नागरिक सवार थिए। यस्तै, आयरल्यान्डका एकजना, अस्ट्रेलियाका एकजना, अर्जेन्टिनाका एकजना पनि विमानमा थिए।

दुर्घटनामा परेको विमान काठमाडौंबाट पोखराका लागि उडेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि अनुमति लिइरहेको विमान सेती खोंचमा खसेको हो। प्राधिकरणले विमान पोखरा टावरसँग १०:५० बजे सेती खोंच भन्ने स्थानमा सम्पर्कमा आएको र त्यसपछि दुर्घटना भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell