PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

अन्तिम पटक १० : ५० बजे सम्पर्कमा आएको थियो विमान, दुर्घटनाअघि आकाशमै देखिएको थियो आगोको झिल्को



पहिलोपोस्ट

अन्तिम पटक १० : ५० बजे सम्पर्कमा आएको थियो विमान, दुर्घटनाअघि आकाशमै देखिएको थियो आगोको झिल्को

काठमाडौं : आइतवार बिहान यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ। 

६८ जना यात्रु र ४ जना चालक दलका सदस्य विमानमा सवार थिए। जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म ३० जनाको शव निकालिएको छ। बिहान पोखरा अन्तरार्ष्ट्रिय विमानस्थल नजिकै रहेको सेती खोंचमा विमान खसेको थियो।

विमान बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखरा उडेको थियो। ५३ जना नेपाली र बाँकी विदेशीसहित ७२ जना मानिस भएको विमानले दुर्घटना अगाडि अवतरणको लागि विमानस्थलसँग अनुमति पनि लिएको थियो। नागरिक उड्यान प्राधिकरणका अनुसार विमानले १० बजेर ५० मिनेटमा सेती खोंचमा विमानले अन्तिमपटक सम्पर्क गरेको थियो। त्यसपछिको समयमा विमान दुर्घटना भएको देखिएको छ।

विमान मौसम खराबीको कारणभन्दा पनि प्राविधिक त्रुटिको कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक आँकलन गरिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०:३३ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको उक्त विमानले दुर्घटनाअघि अवतरणको अनुमति लिइसकेको बताए।

‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ’, उनले भने, ‘विमान उड्दाउड्दै आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ।’

विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell