PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

यस्तो देखियो काठमाडौंमा माघीपर्वको रौनक

यस्तो देखियो काठमाडौंमा माघीपर्वको रौनक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : थारू समुदायमा यतिबेला माघीपर्वको उल्लास छाएको छ। थारू समुदायको बाहुल्य रहेको तराईका जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु गरी माघीपर्व मनाइदै छ।

यस्तोमा काठमाडौंमा पनि माघीपर्वको रौनक देखियो। माघी थारू समुदायको परम्परागत पर्व हो। यो पर्वमा थारू समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन्।

माघी थारू समुदायले नयाँ वर्षका रूपमा समेत मनाउने गरेका छन्। थारू समुदायले माघीपर्वकै अवसरमा बडघर र भलमन्सा छनोट गर्ने, छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने अवसरका रूपमा लिने प्रचलन रहेको छ।

माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारू भाषामा ‘जिता मरना’ भन्ने प्रचलन छ। माघीको अघिल्लो दिन राति थारू समुदाय मासु, जाँड र ढिकरी खाएर रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछन्।



ट्रेन्डिङ पोस्ट

Ncell