PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'भष्मे डन' मा स्वस्तिमा खड्का अनुबन्धित



पहिलोपोस्ट

'भष्मे डन' मा स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं : दीपेन्द के खनालको निर्देशनमा बन्ने फिल्म ‘भष्मे डन’ को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। निर्माण टिम र अभिनेत्री खड्काबिच आइतबार लिखित सम्झौता भएको हो।

फिल्ममा अब विपिन कार्कीसँगै स्वस्तिमा देखिनेछिन्। फिल्ममा विपिन र स्वस्तिमाका साथै सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतको पनि अभिनय रहनेछ। सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक सहमति भइसकेको निर्देशक खनालले जानकारी दिए।

यस फिल्मलाई निर्देशक दीपेन्द्रका साथै खगेन्द्र लामिछानेले मिलेर निर्माण गर्ने बताइएको छ।

‘पशुपति प्रसाद’पछि दीपेन्द्र र खगेन्द्रले पहिलोपटक सहकार्य गर्न लागेका हुन्। ‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’ माथि यो फिल्म निर्माण हुन लागेको हो। ‘पशुपति प्रसाद’ मा बिपिनले निर्वाह गरेको क्यारेक्टर ‘भष्मे डन’ लोकप्रिय भएको थियो।

यो फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका छन्।

आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर फिल्मको छायाङ्कन हुने बताइएको छ। आगामी दशैंमा फिल्म रिलिज गर्ने योजना निर्माण टिमको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell