A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699814b56651b2.90666065): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699814b56651b2.90666065,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सेती खोंचमा माछा मार्दै गरेका स्थानीय : प्लेन खस्नासाथ ढुंगा उछिट्टिएर खुट्टामा लाग्यो, त्यसपछि कुदें ओडारतिर
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

सेती खोंचमा माछा मार्दै गरेका स्थानीय : प्लेन खस्नासाथ ढुंगा उछिट्टिएर खुट्टामा लाग्यो, त्यसपछि कुदें ओडारतिर



रिना थापा

सेती खोंचमा माछा मार्दै गरेका स्थानीय : प्लेन खस्नासाथ ढुंगा उछिट्टिएर खुट्टामा लाग्यो, त्यसपछि कुदें ओडारतिर

पोखरा : आइतवार बिहान पोखराको सेती खोंचमा यती एयरलाइन्सको विमान दुर्घटना भयो। ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित काठमाडौंबाट बिहान १० बजेर ३२ मिनेटमा पोखरा उडेको विमान १० बजेर ५० मिनेटमा सेती खोंचमा खसेको थियो।

विमान खोंचमा खस्दै गर्दा सेती नदीमा केही स्थानीय माछा मारिरहेका थिए। त्यही समयमा विमान खोंचमा खस्दा माछा मार्न नदीमा पुगेका केही स्थानीय घाइते भए।

विमान खसेको समयमा सेती नदीमा रहेका स्थानीय कुमार आलेले जे भोगे :

बिहान १० बजेतिर सेती नदीमा निस्किएको थिएँ। अनि माछा मार्दै थिएँ। त्यहीबेला ठूलो आवाज आयो। के भएको हो? ठ्याक्कै थाहा भएन।

लगत्तै ढुंगा उछिट्टिएर आयो। खुट्टामा लागेपछि म त ओडारतिर दौडिएँ। माथि हेर्दा आगो बलिराखेको थियो। प्लेन खसेको रहेछ। खोलामा पनि पुगेको रहेछ प्लेनको टुक्रा। पाटापाटा माथि छ। आधाआधा वारिपरि छ। आगो बल्दै थियो अझै। त्यो देखेर मेरो होसहवास उड्यो। प्रहरी कतिबेला आइपुग्यो, मलाई त थाहै भएन। म त त्यही बेहोस भएछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell